Monday, November 12, 2007

माओवादी चुनाव हुन नदिने रणनीतिमा- मन्त्री

पर्यटन मन्त्री पृथ्विसुब्बा गुरुङले माओवादी संविधान सभा चुनाव कुनै हालतमा हुननदिने रणनीतिमा रहेको बताएका छन् । कार्तिक २४ गते राजधानीमा आयोजित एउटा कार्यक्रममा बोल्दै एमालेबाट मन्त्री भएका गुरुङले चुनाव हुन नदिनै माओवादीले सरकार छाडेको तथा सरकारमा नफर्किएको पनि धारणा राखे । संविधान सभा चुनाव हुने वातावरण बनेमा माओवादीले त्यसलाई भाड्न संसद छाड्नसक्ने दावी पनि मन्त्री गुरुङले गरे ।
मन्त्री गुरुङले संविधान सभा चुनाव माओवादीसहित या माओवादी बाहेक रोज्नुपर्ने स्थिति आएको धारणा कार्यक्रममा राखे । 'माओवादीसहितको चुनाव म असम्भव देखिरहेको छु' मन्त्री गुरुङले भने, 'माओवादीबाहेकको चुनाव कठिन हुनेछ, तर, खुर्सानीवेगर भतेर रोकिदैन भन्ने हामी सबैलाई थाहा छ ।' मन्त्री गुरुङले माओवादीले संविधान सभाको चुनाव हुननदिन राजासंग हात मिलाएको आफूले सुनेको पनि कार्यक्रममा बताएका थिए ।
गुरुङले संसदबाट पारित प्रस्ताव कार्यन्वयन गर्न सरकार वाध्य नहुने पनि बताए । एमालेबाट मन्त्री भएका प्रदीप नेपालले पनि संसदबाट पारित प्रस्ताव अवैधानिक भएकाले कार्यन्वयन गर्न सरकार वाध्य नहुने बताइसकेका छन् । उता एमाले महासचिव माधवकुमार नेपालले भने सात दलबीचको सहमतिमा संसदबाट पारित प्रस्ताव सरकारले कार्यन्वयन गर्नुपर्ने बताउदै आएका छन् । माओवादी प्रस्ताव अवैधानिक भए पनि उसलाई संसद छाड्ने निहुँ नदिन उसको प्रस्ताव दर्ता गरिएको मन्त्री गुरुङको धारणा थियो




No comments: