Thursday, August 13, 2009

२२दल एक ठाउँ

प्रकाश गिरीसत्तारुढ २२दलको विहिवार साउन २९गते प्रधानमन्त्री निवास वालुवाटारमा वसेको वैठकले उपराष्ट्रपति परमानन्द झालाइ नेपाली भाषामा पुन सपथ लिन आग्रह गरेको छ । अन्तरिम संविधानमा मातृभाषामा सपथ लिने ब्यवस्था नभएकॊले यसपटक नेपालीमा नै सपथ लिन यी दलहरुले आग्र गरेका हुन । गत वर्ष उपराष्ट्रपति भएपछि झाले नेपालीमा सपथ लिनु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै अदालतले उहालाइ पुन नेपाली सपथ लिन निर्देशन दिएको थियो । तर उपराष्ट्रपति झाले भने मानिरहनुभएको छैन । त्यस्तै २२दलको वैठकले भदौ १ हुने संवैधानिक समितिको सभापतिको उम्मेदवार साझा वनाउने कसरत पनि गरेका छन । तर वैठकमा साना दलले भने माले नेता सि पी मैनालीलाइ पनि उम्मेदवार उठाउने वताएर साझा उम्मेदवार तय गर्न वाट रोकेका छन । सभापतिको लागि कांग्रेसले नीलाम्वर आचार्य तथा माओवादीले डा।वावुराम भट्टराइलाइ उठाउने निर्णय गरेको छ । यो वैठकमा माओवादी भने सहभागी थिएन । वहुमत सदस्य कांग्रेस उम्मेदवारको पक्षमा रहेकोले छिटै नाटकिय परिवर्तन भएन भने संवैधानिक समितिको अध्यक्षमा निलाम्वर आचार्य निर्वाचित हुने लगभग निश्चित छ ।

आन्दोलनको चेतावनि

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले अहिले पनि लोकतन्त्रको उपहास भइरहको भन्दै नयाँ नेपाल निर्माणमा क्रान्ति अझै पुरा नभएको बताउनुभएको छ । नेपाल इन्जिनियस्र पुर्वाधार बिकास समाजले आज काठमाडौंमा गरेको नयाँ नेपालमा प्रविधिको बिकास विषयक गोष्ठिमा नेता भट्टराईले देशि बिदेशि शक्तिको आडमा प्रतिगमनको बाटो तर्फ देशलाई लैजाने प्रयास भएको भन्दै क्रान्तिलाई पुर्णता दिन आन्दोलन गर्न लागेको स्पष्ट पार्नुभयो । नेतम भट्टराईले अहिलेको अवस्थामा देशलाई रक्तपात र द्धन्द्धबाट रोक्न शान्ति सिवंधान र नागरीक सर्वोच्चताको ग्यारेन्टी आफहरुको माग भएको बताउनुभयो । नेपाल इन्जिनियस्र पुर्वाधार बिकास समाजको गोष्ठिमा पुर्व अर्थमन्त्री समेत रहनुभएका भट्टराईले ग्रामिण क्षेत्रमा सूचनाको पहुँच पुर् याउन आर्थिक नीति पनि समयानुकुल परिवर्तन गर्दै बजारमुखी अर्थतन्त्रको बिकास गर्नुपर्ने बताउनुभयो ।

Sunday, February 15, 2009

पुष्पकमल सुध्रे भने मेरो पार्टीमा स्वागत गर्न सकिन्छ : मातृका

नेकपा माओवादी पुनर्गठन गर्ने घोषणा गरेका नेता मातृकाप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विचारमा सुधार गरे उनलाई आफ्नो पार्टीमा स्वागत गर्न सकिने बताएका छन्। उनले आफू एकीकृत नेकपा माओवादीमा फर्कने कुनै सम्भावना नरहेको बताए।
देश दौडाहामा हिंडेका मातृकाले वैचारिक मतभेदका कारण आफू एकिकृत नेकपा माओवादीमा नगएको र त्यहाँ फर्कने कुनै सम्भावना नरहेको बताए। प्रधानमन्त्री दाहाल बरु आफ्नो पार्टीमा फर्कन सक्ने भन्दै यादवले थपे - ´पुष्पकमल दाहालले मसँग मैले सकिन भने मातृकाजी तपाईंसितै आउँछु भनेका छन्।´
एकीकृत नेकपा माओवादीको केन्द्रीय सचिवालय बैठकले शनिबार अराजक र अनुशासनहीन चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै यादवलाई निष्काशन गरेको थियो। माओवादीले आत्माआलोचना गरेमा पार्टीमा फर्काउन सकिने निर्णय गरेको भोलिपल्ट यादवले पुष्पकमलले विचारमा सुधार गरे आफ्नो पार्टीमा लिन सकिने जवाफ फर्काएका हुन्।

If you don't mind