Sunday, February 15, 2009

पुष्पकमल सुध्रे भने मेरो पार्टीमा स्वागत गर्न सकिन्छ : मातृका

नेकपा माओवादी पुनर्गठन गर्ने घोषणा गरेका नेता मातृकाप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विचारमा सुधार गरे उनलाई आफ्नो पार्टीमा स्वागत गर्न सकिने बताएका छन्। उनले आफू एकीकृत नेकपा माओवादीमा फर्कने कुनै सम्भावना नरहेको बताए।
देश दौडाहामा हिंडेका मातृकाले वैचारिक मतभेदका कारण आफू एकिकृत नेकपा माओवादीमा नगएको र त्यहाँ फर्कने कुनै सम्भावना नरहेको बताए। प्रधानमन्त्री दाहाल बरु आफ्नो पार्टीमा फर्कन सक्ने भन्दै यादवले थपे - ´पुष्पकमल दाहालले मसँग मैले सकिन भने मातृकाजी तपाईंसितै आउँछु भनेका छन्।´
एकीकृत नेकपा माओवादीको केन्द्रीय सचिवालय बैठकले शनिबार अराजक र अनुशासनहीन चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै यादवलाई निष्काशन गरेको थियो। माओवादीले आत्माआलोचना गरेमा पार्टीमा फर्काउन सकिने निर्णय गरेको भोलिपल्ट यादवले पुष्पकमलले विचारमा सुधार गरे आफ्नो पार्टीमा लिन सकिने जवाफ फर्काएका हुन्।

No comments: