Friday, May 7, 2010

माओवादीको देशब्यापी आम हडताल,शान्ति प्रकि्रया धरापमा

एकीकृत नेकपा माओवादीको आमहड्तालको छैठौं दिन आज पनि काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन कष्टकर बन्यो । आज पनि ठाउँठाउँमा तोडफोड र झडप भएका छन् ।आज पनि माओवादीका कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । त्यस क्रममा कतिपय स्थानमा झडप भएका थिए । विहानैदेखि ललितपुरका विभिन्न स्थानमा स्थानीय बासिन्दाको समूह र माओवादी कार्यकर्ताबीच्ा झडप भएको थियो । शांतिरयालीमा सहभागी हुन वसन्तपुर आउँदै गरेको उद्योग वाणिज्य महासंघ ललितपुरकॊ समूहलाई माओवादी कार्यकर्ताले कुपण्डोलमा अवरोध गरेपछि तनाव उत्पन्न भएको थियो । माओवादी कार्यकर्ताले शान्तिर् यालीमा जाने समूहलाई जान नदिएपछि झडप भएको थियो । माओवादी कार्यकर्ताले शान्तिर् यालीमा सहभागी हुन सहँडेकाहरुलाई आक्रमण गरेपछि स्थिति तनवग्रस्त भएको थियो । कुपण्डोलको टोलीलाई नेतृत्व गरेका माओवादी नेता देव गुरुङ र पम्फा भुसालले कार्यकर्तालाई शान्तिर् यालीमा सहभागी हुन हिँडेकालाई आक्रमण नगर्न आग्रह गरे पनि माओवादी कार्यकर्ताले नेताहरुको आग्रहसमेत अटेर गर्दै आक्रमण गरेका थिए । शान्तिर् यालीमा सहभागी हुन हिँडेको समूहमाथि माओवादी कार्यकर्ताले कुटपिट गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । त्यसपछि प्रहरीले लाठिचार्च गरेको थियो ।कुपण्डोलको झडपमा एक सभासद्सहित दुई जना घाइते भएका थिए । विहान झडप भएको कुपण्डोल दिनभर शान्त बने पनि दिउँसो लालितपुरको पटनमन्दिरमा तनाव बढेको थियो । शान्तिर् यालीको नाममा स्थानीय बासिन्दाको समूह विभिन्न नारा लगाउँदै पाटनमन्दिर परिसरमा पुगेको थियो । उनीहरुले त्यहाँ माओवादीको झन्डासहित आएको गाडी पल्टाइदिएका थिए । त्यसपछि पाटन कृष्णमन्दिरको अवस्था तनावग्रस्त बनेको थियो । माओवादीविरुद्ध विभिन्न नारा लागउँदै आएको समूहले शान्तिर् यालीमा सहभागी हुन स्थानीय बासिन्दालाई घन्ट बजाएर सूचनासमेत दिएको थियो । स्थानीय युवाहरुले पाटन कृष्णमन्दिरमा नाराजुलुस गरिरहेपछि लाठ्ठी र रडसहित आएका माओवादीका कार्यकर्ताले लखेटेका थिए । त्यस क्रममा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गर्दा केही स्थानीय बासिन्दा घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीलाई हम्मे-हम्मे परेको थियो । पाटनका स्थानीय बासिन्दाको समूहले स्थानीय बासिन्दाको शान्तिपूर्ण र् यालीमा माओवादी कार्यकर्ताले आक्रमण गरेको बताएका छन् ।

wow