Saturday, July 3, 2010

लिबियामा भइरहेको प्रदर्शनमा अमेरिकी समर्थन

अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियामा भइरहेको शान्तिपूर्ण प्रदर्शनमाथि भएको िहंसात्मक दमनको निन्दा गरेका छन् । लिबियामा भइरहेको सरकार विरोधी प्रदर्शन बारे पहिलो सार्वजनिक प्रतिकि्रया दिने क्रममा राष्ट्रपति ओबामाले अमेरिका र उसका सहयोगी राष्ट्रहरु बिच कस्तो कदम चाल्ने भन्ने बारे छलफल भइरहेको बताएका छन् । सरकारले शान्तिपूर्ण प्रदर्शन माथि क्रु¢ दमन गरेको भन्दै यसको भागिदार पनि लिवियाको सरकार आफैं बन्ने पनि बताए । प्रदशर्नकारीहरुबाट राजधानी टि्रपोली सहित उत्तरी लिबियाका अन्य शहरहरु नियन्त्रणमा लिन राष्ट्रपति गद्दाफीको सरकार संघर्षरत रहको बेला अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिकि्रया आएको हो । लिबियामा गत हप्ता देखि चलिरहेको प्रदर्शनीका क्रममा सयौंले ज्यान गुमाइसकेका छन् ।

नेपाल हङकङसंग पराजित

एसीसी महिला टी-ट्वान्टी कि्रकेट प्रतियोगिताको सेमिफाइनलबाट नेपाल वाहिरिएको छ । कुवेतको हुवारा कि्रकेट मैदानमा भएको सेमिफाईनल खेलमा नेपाल हङकङ पराजित भएको हो । नेपाल हङकङसंग ९ विकेटले पराजित भएको हो । यो पराजय संगै नेपालको फाइनल यात्रा अधुरो भएको छ । चीनले िसंगापुरलाई पराजित गर्दै समुह ए को विजेता बनेपछि नेपालको हङकङसंगको प्रतिस्पर्धा निश्चित भएको थियो । लगातार चार खेलमा जीत हात पार्दै नेपाल समुह बी को विजेता बनेको थियो । हङकङ पनि समुह ए को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो । नेपालले लिग चरणको पहिलो खेलमा थाइल्याण्डलाई दोस्रो खेलमा युएई तेस्रो खेलमा आयोजक कुवेत र लिग चरणको अन्तिम खेलमा मलेसियालाई पराजित गरेको थियो ।