Tuesday, March 1, 2011

अलकायदाले मान्छे उचालेको गद्धाफीको आरोप

लिबियाका नेता कर्नल मुअम्मर गद्दाफीले लिबियाका जनताले आफुलाई माया गर्ने दावी गर्दै आफनो विरुद्ध उनीहरु प्रर्दशनमा नउत्रिएको बताएका छन् । गद्दाफीले प्रर्दशनकारीलाई अल कायदाले उस्काएको आरोप पनि लगाएका छन । विविसिसंगको अन्र्तवार्तामा गद्दाफीले लिबियाका जनता आफू प्रति बफादार रहेको वताएका छन । उनले सुरक्षाकर्मीलाई प्रर्दशनकारी माथि गोली प्रहार गर्न आदेश नदिएको पनि दावी गरे । यसैबीच लिबियाको मिसारत शहरमा प्रर्दशनकारी र समर्थकबीच झडप भएको छ ।

भुटानी प्रधानमन्त्री नेपालमा

भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्ले तीन दिने भ्रमणका लागि आज काठमाडौं आईपुग्नु भएको छ । थिन्ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोझै राजधानीको याक एण्ड यती होटल पुग्नु भएको थियो । दक्षिण एशियाली क्षेत्रीय संगठन सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री थिन्ले माल्दिभ्सको मालेमा हुन लागेको आगामी सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा ६ महिने मध्यावधि मुल्याङ्कनका लागि नेपाल आउनु भएको हो । तीन दिने नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति डाक्टर रामवरण यादव सहित नेपाली समकक्षी झलनाथ खनाल सभामुख सुभाष नेम्वाङ् लगायत प्रमुख राजनीतिक दलका नेतासित भेटवार्ता गर्ने कार्यक्रम छ । भुटानी शरणार्थीको घर फिर्तीका बिषयमा पनि थिन्लेले छलफल गर्ने बताइएको छ ।

केन्द्रिय संसद दु्ई सदनात्मक वनाउने सहमति

नयाँ संविधानमा केन्द्रिय व्यवस्थापिका-संसद दुई सदनात्मक राख्ने सहमति भएको छ । संबिधानका विवादास्पद विषय टुग्याउन गठित संवैधानिक समिति अन्र्तगतको उपसमितिको आज संसद सचिवालयमा बसेको पहिलो बैठकले यस्तो सहमति गरेको हो । यो दुई सदनात्मक ब्यवस्थापिका संसदको क्षेत्राधिकारका विषयमा भने अर्को बैठकमा छलफल हुने भएको छ । एकिकृत नेकपा ंमाओवादीले एक सदनात्मक संसद हुनुपर्ने भन्दै राखेको पूर्व अडानवाट पछि हटेपछि उपसमितिमा सहमति जुटेको हो । तर माओवादीले दुई सदनलाई अहिलेकै रुपमा नभएर त्यसलाई परिमार्जन गर्नुपर्ने बताएको छ । दुई सदनको नाम प्रतिनिधि सभा र राष्ट्रिय सभा राख्ने सहमति समेत उपसमितिले जुटाएको छ । उपसमितिका सदस्य एवं कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले केन्द्रीय व्यबस्थापिका सम्बन्धी विबाद टुगिएकोले यसपछि धेरै प्रश्नको हल हुने बताउनुभयो । संवैधानीक समितिका सभापति निलाम्बर आचार्यले पहिलो दिनको छलफल सकारात्मक रहेकोले फागुन मसान्तसम्म विबाद टुिगंने विश्वास व्यक्त गर्नुभयो । प्रादेशिक सदन एक सदनात्मक बनाउने बिषयमा यसअघि उच्चस्तरिय कार्यदलले सहमति जुटाइसकेको छ । संविधानका विवादास्पद ७५ प्रश्न मध्ये करिव दुई दर्जन प्रश्नावली व्यवस्थापिका कति सदनात्मक हुने विषयसँग सम्वन्धित छन् । उपसमितिको अर्को बैठक विहिबार भएको छ ।