Tuesday, March 1, 2011

केन्द्रिय संसद दु्ई सदनात्मक वनाउने सहमति

नयाँ संविधानमा केन्द्रिय व्यवस्थापिका-संसद दुई सदनात्मक राख्ने सहमति भएको छ । संबिधानका विवादास्पद विषय टुग्याउन गठित संवैधानिक समिति अन्र्तगतको उपसमितिको आज संसद सचिवालयमा बसेको पहिलो बैठकले यस्तो सहमति गरेको हो । यो दुई सदनात्मक ब्यवस्थापिका संसदको क्षेत्राधिकारका विषयमा भने अर्को बैठकमा छलफल हुने भएको छ । एकिकृत नेकपा ंमाओवादीले एक सदनात्मक संसद हुनुपर्ने भन्दै राखेको पूर्व अडानवाट पछि हटेपछि उपसमितिमा सहमति जुटेको हो । तर माओवादीले दुई सदनलाई अहिलेकै रुपमा नभएर त्यसलाई परिमार्जन गर्नुपर्ने बताएको छ । दुई सदनको नाम प्रतिनिधि सभा र राष्ट्रिय सभा राख्ने सहमति समेत उपसमितिले जुटाएको छ । उपसमितिका सदस्य एवं कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले केन्द्रीय व्यबस्थापिका सम्बन्धी विबाद टुगिएकोले यसपछि धेरै प्रश्नको हल हुने बताउनुभयो । संवैधानीक समितिका सभापति निलाम्बर आचार्यले पहिलो दिनको छलफल सकारात्मक रहेकोले फागुन मसान्तसम्म विबाद टुिगंने विश्वास व्यक्त गर्नुभयो । प्रादेशिक सदन एक सदनात्मक बनाउने बिषयमा यसअघि उच्चस्तरिय कार्यदलले सहमति जुटाइसकेको छ । संविधानका विवादास्पद ७५ प्रश्न मध्ये करिव दुई दर्जन प्रश्नावली व्यवस्थापिका कति सदनात्मक हुने विषयसँग सम्वन्धित छन् । उपसमितिको अर्को बैठक विहिबार भएको छ ।

No comments: