Wednesday, April 13, 2011

कहाँ छ शान्ति ?

काठमाडौको बसुन्धरामा आज विहान पाकिस्तानी दुतावासका एक कर्मचारी माथि गोली प्रहार भएको छ । घटनास्थलबाट प्रहरीले बा।१६ प को ९०४५ नंवरको कालो स्प्लेन्डर नियन्त्रणमा लिएको छ । बसुन्धरा पोलीक्लिनीक अगाडी पैदल िहंडेर आएका दुई जनाले गोली चलाएको अनुमान प्रहरीले गरेको छ । पाकिस्तानी दुतावास जांदै गरेका मेहवुव आसिफलाई तीन गोली लागेको र उनको ओम अस्पतालमा उपचार हुन नसकेपछि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । घाइते मेहवुव दुतावासको राहदानी शाखामा युडिसी जिम्मेवारी सम्हाल्दै आएका अधिकारी हुन् । प्रहरीले घटनास्थलमा चार राउण्ड गोली चलेको जानकारी दिएको छ । मेहवुवको पेटु पाखुरामा एक-एक गोली लागेको छ भने हेलमेट लगाएकाले टाउकोमा हानेको गोली चिप्लीएको थियो । गोली चलाए लगत्तै दुई युवाले मेहवुव चढेकै मोटरसाइकल लिएर भाग्ने प्रयास गरेका थिए । प्रहरीले अहिलेसम्म घटनामा संलग्न कसैलाई पक्रेको छैन । पछिल्लो एक सातामा काठमाडौमा गोली चलेको यो दोस्रो घटना हो । यसअघी काठमाडौकै खिचापोखरीमा गत साता एक भारतीय व्यापारीको हत्या भएको थियो । लगत्तै दुई दिन अघी मात्र मन्त्रीमा नियुक्त भएका गोकर्ण विष्ट माथि खुकुरी प्रहार भएको थियो । प्रहरीले अहिलेसम्म कुनै पनि घटनामा संलग्नलाई पक्रेको छैन ।

No comments: