Saturday, April 23, 2011

परेवा उडाएर संविधान वनाउने कामना

निर्धारित समयमा संविधान जारी गर्न नेताहरुलाई दबाब दिन नेपाल परेवा पालक संघले १२ औं परेवा उडान प्रतियोगिता गरेको छ । प्रतियोगिताको आज काठमाडौमा बौद्ध भिक्ष्ाले शान्तिको पाठ गरेपछि उद्घाटन गरिएको हो । दिगो शान्ति बहालीको कामना गर्दै परेवा पालक संघले २०५७ सालदेखि शान्तिको प्रतीक परेवा उडाउने कार्यक्रम गर्दै आएको छ । परेवा उडान प्रतियोगिता यही १७ गतेदेखि ३१ गतेसम्म साचालन हुनेछ । प्रतियोगितामा यस वर्ष २१ परेवा पालक सहभागी छन् । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेलाई शिल्ड र प्रमाणपत्र दिइने छ ।

No comments: