Saturday, April 23, 2011

प्रधानमन्त्री खनालको विश्वास

प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रकि्रयालाई टुंगोमा पुर् याउन र संविधान जारी गर्न दलहरुबीच सहमति भए बांकी समयमा संविधान जारी हुनसक्ने दावी गर्नुभएको छ । प्रथम महिला सगरमाथा आरोहि पासाङ्ल्हामु शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको १८ औं वार्षीकोत्सवको अवसरमा काठमाडौमा आज भएको कार्यक्रममा प्रधानमन्त्री खनालले संविधान जारी भएपछि मात्र मुलुकको सर्वाङ्गीण विकास संभव हुने स्पष्ट पार्नुभयो । वर्तमान सरकारको मुल कार्यभार शान्ति र संविधान लेखन भएको वताउदै प्रधानमन्त्री खनालले मुलुकलाई संक्रमणकालबाट मुक्त गर्न दलहरुबीच एकता जरुरी रहेको विचार ब्यक्त गर्नुभयो । प्रधानमन्त्री खनालले राजनीतिक संक्रमण नटुंगीएसम्म आर्थीक तथा सामाजीक क्षेत्रको विकास असंभव रहेको पनि बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री खनालले पासाङ्ग ल्हामु कलेजका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

No comments: