Wednesday, March 14, 2012

नेपालको आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित


नेपालले डेनमार्कलाई ९ विकेटले हराएर बुधबार आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित हात पारेको छ । डेनमार्कले दिएको ८३ रनको विजयी लक्ष्य नेपालले ४४ बल बाँकी छाँदै पार गर्‍यो ।
दुवईको आइसीसी ग्लोवल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाललका लागि प्रदीप ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए भने शरद भेषावकरले १३ रन जोडे । उनीहरुले दोस्रो विकेटका लागि नट आउट ७८ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्स् म्यान परेश लोहनी ३ रन बनाएर पवेलियन फर्केका थिए ।
यसअघि नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति गौचनले चार विकेट लिएका थिए  । त्यसैले डेनमार्कले १९ ओभरमा अलआउट हुँदै  ८२ रन मात्र बनाएको थियो ।  नेपाली बलर पृथु बास्कोटाले २ तथा सञ्जम रेग्मी र वसन्त रेग्मीले पनि १र१ विकेट लिएका थिए । दुई डेनिस ब्याट्स म्यानलाई नेपालले रन आउट गरेको थियो ।
नेपालले अर्को खेल सारजहाँमा बिहीबार पपुवानिग्युनी विरुद्ध खेल्ने छ । छनोटको पहिलो मंगलबार नेपालले हङकङलाई ३० रनले पराजित गरेको थियो ।

सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८(८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् । ६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ुएु मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ुबीु मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

No comments: