Friday, March 30, 2012

शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान


नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चैत ३० मा शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान जेठ १४ मै जारी हुने बताएका छन्। उनले सेना समायोजन विशेष समितिले चैत ३० भित्रमा समायोजनमा जाने माओवादी लडाकु नेपाली सेनाको जिम्मा र हतियार राज्यको जिम्मा लगाउने तोकेको समयसीमामै काम सम्पन्न भए जेठ १४ मै नयाँ संविधान आउने दाबी गरे।
‘विशेष समितिको पछिल्लो निर्णयले राजनीति गतिरोध हटाउन मद्दत पुर्‍याएको छु(विराटनगर विमानस्थलमा शनिवार संवाददाताहरुसित कुरा गर्दै काँग्रेस नेता पौडेलले भने, ‘तर मंसिर १ गतेको डेट सारेर चैत ३० पुर्‍यायो, फेरी सार्छ कि भन्ने आशंका छँदैछ।

उनले चैत ३० गते शान्ति प्रकृया लगभग टुंगिएपछि मात्रै राष्ट्रिय सहमतीको सरकारका लागि पहल हुने बताए। उनले भने,‘कङ्ग्रेस सरकारमा जानेरआउने कुरालाई हामी महत्व दिएका छैनौं, शान्ति र संविधान हाम्रो प्रमुख एजेन्डा हो।ु कङ्ग्रेसले मोरङको इन्द्रपुरमा आयोजना गरेको क्षेत्रीय सम्मेलन तथा कार्यालय भवनको शिलान्यासमा सहभागी हुन् नेता पौडेल, मिनेन्द्र रिजाल, महेश आचार्य लगायतका नेता विराटनगर आएका हुन्।
‘चैत ३० गतेसम्म सरकारको कुरै नगरौ-पौडेलले भने,‘त्यसपछि राष्ट्रिय सरकारको कुरा गरौला। उनले शान्ति प्रकृया टुंगिए जेठ १४ मै संघियतासहितको संविधान आउने र जनताको भावना बुझेर संघिय स्वरुप निर्धारण गरिने बताए। ‘संघियता सहितको संविधान आउँछ, ढुक्क हुनुसु(उनले भने,‘हरेक प्रदेश स्वायत्त हुन्छ।

No comments: