Wednesday, March 14, 2012

प्रधानममन्त्रीको नया सुत्र


प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको विकासको मूल आधार जलविद्युत नै भएको बताउनु भएको छ ।राजधानीमा आजबाट सुरु भएको हाइड्रो समिटको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले प्रजातन्त्र प्लस जलविद्युत इक्वेल टू नयाँ नेपाल सुत्रको घोषणा समेत गर्नुभयो ।
उहाँले जलविद्युतमा लगानीका लागि छुट्टै बित्तीय संस्थालाई प्रभावकारी रुपमा संचालन गरिने बताउनु भयो । सरकारले गत साउनमा मात्रै जलविद्युतमात्र लगानी गर्ने गरी जलविद्युत लगानी तथा विकास कम्पनी स्थापना गरिसकेको छ । नेपाली बैंकहरु जलविद्युतमा लगानी गर्न पूर्ण सक्षम नरहेको र दीर्घकालीन लगानी आवश्यक भएकाले यो कम्पनीलाई स्रोत साधनले सम्पन्न बनाउने उहाँको भनाई छ ।

प्रधानमन्त्रीलेनेपालमा उत्पादित विजुली भारतमामात्र नभई बंगलादेशमासमेत निर्यात गर्न सकिने र त्यसका लागि बंगलादेशले चासो देखाएको बताउनु भयो । आर्थिक विकासका लागि विद्युत भन्ने नाराका साथ आयोजित २ दिने सम्मेलनमा प्रसारण लाइन, जलविद्युत नीति, जलविद्युत क्षेत्रमा भएको प्रगति र गर्नुपर्ने सुधार लगायतका विषय छलफल हुने छ ।

No comments: