Friday, May 4, 2012

कुमारी कन्याहरुको नांगो परेड


आफ्नो देशका राजाप्रति सम्मान तथा एक्येबद्धता प्रकट गर्न त्यस देशका जनताले के गर्लान् रु यसको एउटै जवाफ नहुनसक्छ, किनकी देश गुनको भेष भनेझैँ सबैको आ आफ्नो तरिका हुनसक्छ ।
तर स्वाजिल्याण्ड भन्ने अफ्रिकी देशमा भने राजाप्रति सम्मान तथा एकता पर््रदर्शन गर्न त्यस देशका हजारौँ महिलाहरुले हालै नांगो परेड देखाएका छन् ।
अफ्रिकी महादेशकै अन्तिम सक्रिय राजतन्त्रको रुपमा रहेको स्वाजिल्याण्डका राजले बिहे गर्नका लागि केटी छान्न पनि देशभरीका तरुनी कन्याहरुलाई नांगै जुलुस निकाल्न लगाएको विषयले केही समयअघि चर्चा र विवाद उत्पन्न गराएको थियो । निरंकुश राजाले जबरजस्ती महिलाहरुलाई नंग्याएको आरोप लागेको थियो ।

तर यो पटक भने राजधानीस्थित राजदरबार बाहिरै आयोजित एक भव्य समारोहमा हजारौँ महिला तथा युवतीहरु स्वतःस्फर्ूत रुपमा टपलेस भएर राजका अगाडि परेड देखाए ।
परम्परागत पहिरनमा सजिएका महिलाहरुले तल्लो वस्त्र लगाएका भएपनि अधिकांसको सरीरको माथिल्लो भाग नांगो थियो । जसका कारण उनीहरुका स्तन देखिएका थिए ।

No comments: