Tuesday, June 19, 2012

भट्टराई पक्षका मजदुरले दाहाल पक्षको निर्णय नमान्ने

एकीकृत माओवादी निकट अखिल नेपालहोटेल तथा रेष्टुरा मजदुर संघको राष्ट्रिय भेलालाई उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर मजदुर नेताले बहिस्कारको घोषणा गरेका छन्। 
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी भट्टराई पक्षधर मजदुर नेताले ३० गते पोखरामा सम्पन्न हुन गइरहेको सो सम्मेलन एक पक्षीय भएको भन्दै बहिस्कार गर्न लागेका हुन्।
पार्टीको निर्णय २९(३० मा काठमाडौं सम्मेलन गर्ने भनिएको छ तर सम्मेलन पोखरामा गर्ने एकलौटी निर्णय गरियो, नेवाः राज्य समितिवाट ४ सय र अन्यवाट २ सय प्रतिनिधि बनाउने भन्नेछ। तर मनलाग्दी १ हजार प्रतिनिधि बनाउने काम भयो,भट्टराई पक्ष मजदुर नेता मुक्ति दाहालले भने,त्यसकारण अध्यक्ष प्रचण्ड निकटहरुले गरेको एकलैटी निर्णय हामीलाई मान्य छैनौं। सो बारे पार्टीलाई जानकारी पनि गराइसकेको दाहालको भनाई छ।

Monday, June 18, 2012

माओवादीले सर्वसत्तावाद लादन संविधासभा विघटन गरेको खनालको आरोप

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधान सभा भङ्ग गर्ने घटना कुनै आकस्मिक र बाध्यात्मक नभएको बताउँदै यो माओवादी सर्वसत्तावादको शृङ्खलाबद्ध योजनाको एउटा कडी थियो भनेका छन्। यसमार्फत् माओवादीले हिंसाद्वारा पूरा गर्न नसकेका, सरकारको नेतृत्व गर्दा लागू गर्न नसकिएका र कथित सहरी विद्रोहको अभ्यासद्वारा हासिल गर्न नसकेका आफ्ना एजेण्डा स्थापित गर्न चाहेको पनि उनले बताएका छन्। यो कदम निर्वाचनद्वारा अर्को संविधान सभा गठन गर्न र त्यसमार्फत् संविधान निर्माण गर्न होइन, राजनीतिक रिक्ततामा स्वेच्छाचारी र सर्वसत्तावादी शासन सञ्चालन गर्ने र अन्ततः सत्ता कब्जा गर्ने दुराशयले प्रेरित भएको पनि उनले आफ्नो राजनीतिक प्रस्तामा उल्लेख गरेका छन्।

विरोधका बीच बाबुराम भट्टराई ब्राजिल प्रस्थान

प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रसंघीय बैठकमा भाग लिन सोमबार ब्राजिलको रियो दि जेनेरियोका लागि प्रस्थान गरेका छन् । विपक्षी कांग्रेस र एमालेका विद्यार्थी तथा युवा संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विरोध प्रदर्शन गरेका थिए । असार ६ देखि ८ मा हुन लागेको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन भट्टराई त्यसतर्फ गएका हुन् । विमानस्थल बाहिर भइरहेको विरोधका बीच प्रधानमन्त्री भट्टराई सवा ३ बजे केही मन्त्रीसहित विमानस्थल प्रवेश गरेका थिए । नेविसंघका ५ विद्यार्थीले विदेश जानु छ भन्दै विमानस्थल भित्रै छिरेर प्रधानमन्त्रीलाई कालो झण्डा देखाए । उनीहरूलाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा रामप्रसाद अधिकारी, निरञ्जन थापा, सिजर भट्ट, उज्जवन बुढाथोकी र पशुपति साह छन् । वर्षा भएपछि प्रधानमन्त्रीले औपचारिक ढंगले सलामी समेत ग्रहण नगरी विदेश उडेका छन् । कांग्रेस र एमालेका भ्रातृसंगठन नेविसंघ तथा युवा संघले अपराह्न २ बजेपछि एयरपोर्ट अगाडि मूल सडक अवरुद्ध गरेर विरोध प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीले परराष्ट्र मन्त्रालयको बा१झ ५४५३ तथा गृहको बा१ झ ७९६९ नम्बरको गाडीमा ढुंगा हानेर क्षति पुर्‍याएको छ । प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

माओवादी फुट्यो–नया पार्टीको नाम नेकपा माओवादी,फागुन १ गते महाधिवेशन गरिने

प्रकाश गिरी
अब एकिकृत नेकपा माओवादी एकिकृत रहेन । तिन देखि राजधानीको बौद्धमा जारी भेलामा माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधर समुहले नया पार्टी गठन गर्ने निधो गरेपछि एकिकृत नेकपा माओवादी भनेर अहिले सम्म भीमकाय स्वरुप धारण गरेको माओवादी विभाजन भएको हो । बौद्धमा शनिवार देखि जारी राष्ट्रिय भेलाका सहभागीले नया पार्टी गठन गर्ने कुरामा सम्मति दिएका थिए । उनीहरुले नया पार्टी गठन गर्ने नेतृत्वको प्रस्ताव, विधान, र पार्टीको नाम संशोधन सहित सर्वसम्मतिले पास गरे । यसपछि अब नया मोहन बैद्यले नेतृत्व गरेको नया पार्टीको नाम नेकपा माओवादी रहने भएको छ । पार्टी वहुपदीय पद्धतिमा जाने छ ।
यहि भेलाले विगत २० बर्ष देखि हुन नसकेको महाधिवेशन आगामी फागुन १ गते गर्ने निधो पनि गरेको छ । २०५२साल फागुन १ गते माओवादी ससस्त्र युद्ध गर्ने भन्दै भुमिगत भएको थियो ।