Tuesday, September 18, 2012

पहिलो चरणको लडाकु समायोजन कार्य सम्पन्न,एक हजार ५४४ लडाकु समायोजनको परीक्षामा


माओवादीको लडाकुको नेपाली सेनामा समायोजन कार्यको पहिलो चरणको सम्पन्न भएको छ । गत भदौ २१ गतेदेखि प्रारम्भ भएको माओवादी सेना समायोजनको पहिलो चरणको कार्य मंगलबार सम्पन्न भएको हो । उक्त अवधिमा सेना समायोजन विशेष समितिको सचिवालयबाट परिचालित भएका सरकारी अधिकारीहरूले एक हजार ५४४ लडाकुको परीक्षा लिनका साथै सरकारले ‘प्याकेज’मा उपलब्ध गराएको रकमको ‘चेक’ र बाटो खर्च बापतको रकम बुझेका छन् ।


इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा र सुर्खेतका सात मुख्य तथा मुलुकका अन्य भागमा अवस्थित आठवटा सहायक शिविरमा पुगेर समायोजन रोजेका तीन हजार १२३ जना माओवादी लडाकु मध्ये एक हजार ५११ जना स्वेच्छिक अवकासमा जाने भएका छन् ।
विशेष समिति सचिवालयका निमित्त सचिव मधुविलास पण्डितका अनुसार अधिकृत तहको परीक्षामा सामेल भएका ८५ जना र अन्य दर्जाका निम्ति जाँच दिएका एक हजार ४४९ लडाकुको परीक्षाफल क्रमशः यही असोज ७ र २१ गते सार्वजनिक गरिने छ ।
लोक सेवा आयोग, सचिवालयका कर्मचारीको संलग्नतामा नेपाली सेनाले सञ्चालन गरेको परीक्षामा अनुत्तीर्ण हुने लडाकुहरू स्वतः अवकाशमा जाने उनले बताए ।

भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले राजिनामा दिए,सरकारलाई धक्का


भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले माओवादी-मधेसवादी गठबन्धन सरकार राष्ट्रिय सहमतिका लागि बाधक बनेको उल्लेख गर्दै मंगलबार पदबाट राजिनामा दिएका छन् । उनले अपराह्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी राजिनामा बुझाएका थिए ।
जोशीले राजिनामा पत्रमा माओवादी-मधेसवादी गठबन्धन र प्रधानमन्त्री भट्टराईले संवैधानिक तथा राजनीतिक संकट समाधानका लागि ठोस पहल नगरेको र बरु सत्ता लम्याइरहने प्रयास गरिरहेकाले वर्तमान सरकारमा बसिरहन नैतिक आधारमा समेत नमिल्ने उल्लेख गरेका छन् । जोशीले प्रधानमन्त्री भट्टराई, माओवादी र मधेसीवादी दल संकटको निकास खोज्नभन्दा सत्ता लम्ब्याउनमात्र लागेकाले आफ्नो त्यसमा गम्भीर असहमति रहेकाले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न आफूले राजिनामा दिएको बताए ।
पार्टीका तर्फबाट म सत्तामा जाँदा सहमतिको सरकार थियो, कांग्रेस र एमालेसमेत सरकारमा थिए । हामी संवैधानिक तथा राजनीतिक संकटको निकास खोज्न सत्तामा गएको हौ जोशीले राजिनामा पछि भने-तर, संविधानसभाको विघटनसँगै कांग्रेस र एमाले सत्ताबाट बाहिरिएपछि सहमतिको सरकार रहेन । माओवादी र मधेसी गठबन्धनको मात्र सरकार हुन पुग्यो । संकटको निकास खोज्नका लागि राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री भट्टराईलाई पटकपटक आग्रह गरें । कुनै सुनुवाइ भएन । प्रधानमन्त्री र माओवादी तथा मधेसी सत्ता लम्ब्याउनमात्र लागेकाले मेरो त्यसमा गम्भीर असहमति रहेकाले पार्टी निर्णयअनुसार मैले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न राजिनामा दिएको हुँ ।

केट दम्पतिलाई अर्धनग्न महिलाको स्वागत


केट यतिवेला के गरौं  के गरौं भन्ने तनावमा छिन । घुमफिरको लागि आफना पति संग फ्रान्स गएको वेलाको गोप्य तस्विर सार्वजनिक भएपछि उनी तनावमा परेकि हुन । उनलाई आजकाल यो प्रश्नले जताततै घेर्न थालेको छ । तर उनी यसका वावजुद आफनो भ्रमणलाई भने रोकिरहेकी छैनन ।





Sunday, September 16, 2012

सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् -राष्ट्रपति


राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनावमा जान प्रमुख दलहरुलाई आग्रह गर्नु भएको छ ।
यसअघि ‘तत्काल सहमति गर्न’ आग्रह गरेपनि के बिषयमा सहमति गर्ने भन्ने बिषयमा मौन बसेका राष्ट्रपतिले एक कदम अघि बढ्दै सहमतीय सरकार गठन गरी चुनावमा जान सुझाउनु भएको हो । ‘अब राष्ट्रपति एक कदम अघि बढ्नु भएको छ’ प्रेस सल्लाहकार राजेन्द्र दाहालले भन्नुभयो-सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् भनेर उहाँले दलहरुलाई प्रष्टसँग भन्नु भएको छ ।’
पटक(पटक आग्रह गर्दा पनि दलहरुले निकास नुझाएपछि राष्ट्रपति आफैँ अग्रसर भएर संविधानसभाको चुनाव गर्नु सुझाएको उहाँको भनाई छ । ‘सरकारले संविधानसभाको चुनाव गर्ने निर्णय गरिसकेको छ । चुनाव गर्न आम सहमति चाहिन्छ’ दाहालले भन्नुभयो(’सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनाव गर्नुपर्छ र संविधानसभाबाटै संविधान दिनुपर्छ भन्ने राष्ट्रपतिको आग्रह हो ।’

Friday, September 14, 2012

युवराज्ञीको टपलेस तस्विर, तस्वीर हेर्ने भने-सामान्य रहेछ छाती


बेलायती युवराज्ञी केट मिटलटनको विना कपडा रोमान्स गर्दै गरेको तस्वीर फ्रान्सेली पत्रिकाले सार्वजनिक गरेको छ । राजपरिवारको यो दुर्दशाले विश्वभर सनसनी मच्चिएको छ भने शाहि परिवारमा खलवलि भएको छ । फ्रान्समा विदा मनाउन जादा युवराज्ञी आफना पति युवराज विलियमसंग पुलमा नग्न अवस्थामा रोमान्स गर्दै गरेको टपलेस तस्विर सार्वजनिक भएको हा । यो तस्विर निकै टाढाबाट लामो दुरीको लेन्सको सहायतामा खिचिएको अनुमान गरिएको छ । किनभने तस्विर केहि धमिलो छ ।
तस्वीर सार्वजनिक भएपछि शाहि परिवार निकै दुखी भएको छ । शाहि परिवारले फ्रान्सको यो अखवारलाई अब के गर्ने भनेर वकिलहरुसंग परामर्श गरिरहेको वुझिएको छ । फ्रान्समा पनि गोपनीयतालाई निकै महत्व दिइन्छ । तर शाहि परिवारको मर्यादालाई ख्याल नगरिएको भन्दै अहिले आलोचना पनि हुन थालेको छ । तर केहि समय पहिला युवराज विलियमको नग्न तस्वीर सार्वजनिक गरेको वेलायती पत्रिका द सनले भने युवराज्ञीको यो तस्वीर नछाप्ने भएको छ ।

Thursday, September 13, 2012

महिना दिनको विवाद पछि प्रहरी प्रमुखमा कुवेरसिंह राना नियुक्त


नेपाल प्रहरीको प्रमुखमा कुवेरसिंह राना नियुक्त हुनु भएको छ । सिहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठताका आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक रानालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरीको २३ औं महानिरिक्षक बन्नुभएका रानाको कार्यकाल १३ महिनाको हुनेछ । प्रहरी महानिरीक्षकको दौडमा अतिरिक्त महानिरीक्षकद्वय भिष्म प्रसाई र नवराज ढकाल पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बरिष्ठताका आधारमा रानालाई नै प्रहरी प्रमुख बनाउने अडान लिनुभएको थियो भने गृहमन्त्री विजयकुमार गच्छदारले प्रसाई वा ढकालमध्ये एकलाई बनाउनुपर्ने अडान लिनुभएको थियो । दुवैको अडानका कारण नयाँ आईजीपीको टुंगा लाग्न नसक्दा एक महिनाअघि नै बिदा बस्नुपर्ने महानिरिक्षक रवीन्द्रप्रताप शाह अन्तिम दिनसम्मै कार्यलय आउनुपरेको थियो ।

Wednesday, September 12, 2012

गणतन्त्रवादी नेता सिंहको अन्त्येष्टि, १३ तोपको सलामी


७७ वर्षको उमेरमा आज बिहान निधन भएका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको अन्त्येष्टिका क्रममा १३ तोपको सलामी दिइएको छ। पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदै गर्दा टुँडिखेलमा १३ पटक तोप पड्काएर सलामी दिइएको थियो।    
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले १३ तोपको सलामीका साथै उनलाई गणतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व भएको भन्दै राष्ट्र गौरवबाट विभूषित गर्ने निर्णय गरेको हो।
विगत १० दिनदेखि अस्वस्थ सिंहको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो। मल्टिपल अर्गान फेलिएर भएर उनको मृत्यु भएको अस्पतालका चिकित्सक डा. केपी सिंहले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि ७७ वर्षे सिंहलाई १० दिनअघि महारागन्जस्थित त्रिवि शिक्षिण अस्पताल भर्ना गरिएको थियो। मुटु, मिर्गौला, फोक्सोसहित महत्वपूर्ण अंगमा समस्या देखिएको थियो।

लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफरको मृत्यु,कुटनीतिक नियोगमा सुरक्षा बढाउन राष्ट्रपति ओबामाको निर्देशन


छापामारहरुको रकेट आक्रमणमा लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफर स्टेभन्स र अरु तीन अमेरिकी नागरिकको मृत्यु भएको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बाराक ओबामाले विश्वभरका अमेरिकी कुटनीतिक नियोगमा सुरक्षा बढाउन निर्देशन दिएको उल्लेख छ।  
लिबियाको पूर्वी सहर मेन्जाघीस्थित अमेरिकी कन्सुलेटको कार्यालयमा आक्रमण भएपछि  भाग्दै गरेका राजदूत स्टेभन्स चढेको गाडीमा विस्फोटक पदार्थ राखिएको रकेट बज्रिएपछि उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सीएनएनका अनुसार अमेरिकी रक्षा मन्त्रालयले त्यहाँको सुरक्षाका लागि दुई मरिन प्रति आतंकवाद सुरक्षा समूहलाई पठाएको छ।

Monday, September 10, 2012

कालिकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु


कालिकोटको पाखा १ सेरावाडास्थित विर्तामोडमा कर्णाली यातायातको एक यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११  जना सक्त घाइते भएका छन् ।
कालिकोटको सदरमुकाम मान्मबाट जुम्लाका लागि सोमबार बेलुकी ८ बजे छुटेको ना ४ ख ६८७७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको विर्तामोडमा राति ११ बजे ब्याक गरी मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट ५ सय मिटर तल तिला नदीको तिरमा खसेको छ । बस दुर्घटनाको खबर पुगेपछि मान्मबाट राति दुई बजे उद्दारका लागि प्रहरी निरीक्षक बरुणवहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।