Sunday, September 16, 2012

सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् -राष्ट्रपति


राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनावमा जान प्रमुख दलहरुलाई आग्रह गर्नु भएको छ ।
यसअघि ‘तत्काल सहमति गर्न’ आग्रह गरेपनि के बिषयमा सहमति गर्ने भन्ने बिषयमा मौन बसेका राष्ट्रपतिले एक कदम अघि बढ्दै सहमतीय सरकार गठन गरी चुनावमा जान सुझाउनु भएको हो । ‘अब राष्ट्रपति एक कदम अघि बढ्नु भएको छ’ प्रेस सल्लाहकार राजेन्द्र दाहालले भन्नुभयो-सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् भनेर उहाँले दलहरुलाई प्रष्टसँग भन्नु भएको छ ।’
पटक(पटक आग्रह गर्दा पनि दलहरुले निकास नुझाएपछि राष्ट्रपति आफैँ अग्रसर भएर संविधानसभाको चुनाव गर्नु सुझाएको उहाँको भनाई छ । ‘सरकारले संविधानसभाको चुनाव गर्ने निर्णय गरिसकेको छ । चुनाव गर्न आम सहमति चाहिन्छ’ दाहालले भन्नुभयो(’सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनाव गर्नुपर्छ र संविधानसभाबाटै संविधान दिनुपर्छ भन्ने राष्ट्रपतिको आग्रह हो ।’

राष्ट्रपतिले दलहरुबीच सहमति गरेर आए सरकार गठन र चुनावका लागि बाधा अड्काउ फुकाउन आफू तयार रहेको समेत बताउनु भएको छ । ‘पहिले मेरो बाधा फुकाउनुस्’ राष्ट्रपतिको भनाई उदृत गर्दै मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले भन्नुभयो(’दलहरुबीच सहमति भएपछि संविधानअनुसार बाधा अड्काउ फुकाउने र आवश्यक अध्यादेशहरु जारी गर्छु ।’

No comments: