Monday, November 26, 2012

प्रधानमन्त्रीको उमेद्वार सात दिनभित्र सिफारिस गर्न दलहरुलाई आह्वान


राष्ट्रपति डा. रामवरणले अन्तरिम संविधानको धारा ३८ ९१० अनुसार सहमतिका आधारमा नयाँ प्रधानमन्त्रीको उमेद्वार सात दिनभित्र सिफारिस गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘मंसिर १४ गते विहीबार बेलुका ४ बजे सम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको’ उल्लेख छ । विज्ञप्तिमा राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठको हस्ताक्षर छ ।
राष्ट्रपतिले अन्तरिम संविधानको ३६ क. अनुसारको कर्तव्य बोध गरी धारा ३८(१० अनुसार यस्तो आह्वान गर्नुभएको हो । जारी विज्ञप्तिमा ०६९ जेठ १४ गते संविधानसभा विघटन भएपछि बर्तमान मन्त्रिपरिषद् कामचलाऊ भएको ०६९ जेठ १६ मा जनाऊ दिइसकेकोसमेत स्मरण गराइएको छ ।


No comments: