Monday, November 26, 2012

राष्ट्रपतिको आव्हान सकारात्मक-१५ दल


नेपाली काँग्रेस(एमाले लगायतका विपक्षी १५ दलले सरकारविरुद्ध घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । एमाले मूख्यालय बल्खुमा अइतवार बसेको विपक्षी १५ दलको वैठकले राष्ट्रपतिले मंसिर १४ भित्र सहमतीय प्रधानमन्त्री सिफारिस गर्न समयसीमा दिएकाले तत्काल वार्तामा केन्द्रीत हुनु पर्ने भएकाले मंसिर १५ र १६ गतेका लागि आहृवान गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
यस्तै वैठकले राजनीतिक र संवैधानिक संटक समाधानका लागि सहमतीय प्रधानमन्त्री मागेकाले राष्ट्रपतिको आव्हान सकारात्मक, संविधानसम्मत र स्वागतयोग्य रहेको निष्कर्ष निकालेको छ । विपक्षी १५ दलको वैठकले राष्ट्रपतिको आहृवानलाई गलत ढङ्गले व्याख्या र विरोध गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु अनुचित र अलोकतान्त्रिक कार्य भएकाले सकारात्मक रुपमा लिन सत्तारुढ दलहरुलाई आग्रह गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ
संयुक्त वक्तव्य
बारम्बारको प्रयत्नबाट पनि राजनीतिक र संवैधानिक समाधान नआएपछि राष्ट्रपतिज्यूले यही मंसिर ८ गते राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठनका लागि मंसिर १४ गतेसम्मको समयसीमा तोकी गर्नुभएको आव्हान सकारात्मक, संविधानसम्मत र स्वागतयोग्य छ । यसले राजनीतिक दलहरुलाई निश्चित समयभित्र सहमति कायम गर्दै राजनीतिक सहमतिको आधारमा नयाँ सरकार गठन गरी समस्याको समाधान गर्न प्रेरित गर्नेछ । सम्माननीय राष्ट्रपतिज्यूको आव्हानलाई गलत ढङ्गले व्याख्या र विरोध गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु अनुचित र अलोकतान्त्रिक कार्य हो । अतः सम्माननीय राष्ट्रपतिज्यूबाट भएको आव्हानलाई सकारात्मक रुपमा ग्रहण गर्दै राजनीतिक सहमतिका लागि अग्रसर हुन एनेकपा (माओवादी०, मधेशी मोर्चासम्बद्ध दल लगायत सबै राजनीतिक दलहरु एवं प्रधानमन्त्रीलाई हामी आग्रह गर्दछौं ।
हामी लोकतन्त्रको पक्ष तथा सर्वसत्तावाद र निरंकुशता विरुद्ध आन्दोलनरत छौं । यो आन्दोलनको उद्देश्य नयाँ संविधान निर्माणकालागि ताजा जनादेश र त्यसका लागि सहमतिको सरकार गठन हुनुपर्छ भन्ने हो । यस परिप्रेक्ष्यमा सहमतिको सरकार निर्माण गर्न सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको आव्हानलाई ध्यानमा राख्दै तत्कालका लागि वार्तामा केन्द्रीत रहनुपरेकोले मंसीर १५ र १६ गतेको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ ।
क्र।सं। दलका नेताको नाम पद राजनीतिक दल हस्ताक्षर
१। सुशील कोइराला  सभापति नेपाली काँग्रेस
२। झलनाथ खनाल अध्यक्ष  नेकपा ९एमाले०
३। पशुपतिशम्शेर जबरा अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
४। सी।पी। मैनाली महासचिव नेकपा ९माले०
५ चन्द्रदेव जोशी अध्यक्ष नेकपा ९संयुक्त०
६। सूर्यबहादुर थापा अध्यक्ष राष्ट्रिय जनशक्ति पार्टी
७। डा। भाष्कर गुप्ता उपाध्यक्ष नेपाल सद्भावना पार्टी ९आ।०
८। भूमिराज निरौला अध्यक्ष चुरेभावर राष्ट्रिय एकता पार्टी
९। देबेन्द्र मिश्र अध्यक्ष नेपाल सद्भावना पार्टी ९आ।०
१०। हिक्मतबहादुर देउवा अध्यक्ष समाजवादी जनता पार्टी
११। लोकनारायण सुवेदी अध्यक्ष नेकपा ९संयुक्त माक्र्सवादी०
१२। अच्युतराज ज्ञवाली पो।व्यू। सदस्य नेकपा ९माक्र्सवादी०
१३। साध्यबहादुर भण्डारी महासचिव जनमोर्चा नेपाल
१४।विष्णुराज अर्याल अध्यक्ष नेकपा ९माले जनसमाजवादी०
१५। एस्।वी। क्षेत्री कार्यकारी प्रमुख नेपाली समाजवादी परिषद्
मितिः २०६९र०८र१०

No comments: