Tuesday, November 27, 2012

प्रधानमन्त्रीलाई प्राधिकरणको झापड


प्रकाश गिरी
प्रधानमन्त्री डा.बाबुराम भट्टराईको निर्देशनलाई लोप्पा खुवाउदै नेपाल विद्युत प्राधिकरण विद्युत आपुर्तिमा भारीमा मात्रामा कटौती गर्न थालेको छ । मध्य बर्षामा पनि पुर्ण रुपमा विद्युत नदिएर ग्राहकलाई हैरान पारेको प्राधिकरणले हप्ताको ४६घण्टाबाट बढाएर अब हप्तामा ५६घण्टा विद्युत कटौती गर्ने नया तालिका सार्वजनिक गरेको छ । बुधवारबाट लागु हुने नया तालिका अनुुसार अब दिनमा सात देखि आठ घण्टा सम्म विद्युत कटौती हुनेछ । सुख्खा याम भर्खर सुरु भएको छ तर विद्युत कटौतीको अवस्था भने कहालि लाग्दो वन्न थालि सकेको छ । प्रँधिकरणको सुचनालाई विश्वास गर्ने हो भने यस बर्ष हिउदमा करिव १९घण्टा सम्म विद्युत कटौती गरिने छ । मध्य बर्षामा पनि तिन घण्टा विद्युत कटौती गरेपनि जनतालाई सुशासन दिन्छु भनेर चर्का नारा दिएर सरकारमा पुगेको वावुराम सरकार निकै आलोचित भएको थियो । यसपछि प्रधानमन्त्रीले विद्युत उत्पादन,आपुर्ति र वितरणको जिम्मेवारी पाएको नेपाल विद्युत प्राधिकरणका पदाधिकारीलाई बोलाएर हिउदमा दस घण्टा भन्दा बढी विद्युत कटौती गर्न नपाइने उर्दी सुनाएका थिए । यसको केहि दिन सम्म प्राधिकरणका कर्मचारीहरु विद्युत आपुर्ति सुब्यवस्थित गर्न भन्दै निकै दौडधुपमा लागेका थिए तर जब हिउद सुरु हुन थाल्यो तब भारी मात्रामा विद्युत कटौती गरेर प्राधिकरणले आफनो अप्राधिकरण अनुहार देखाइसकेको छ । प्रधानमन्त्रीको वोली र प्रँधिकरणको ब्यवहार देख्दा अब जनता पनि आजित भइसकेका छन ।

No comments: